प्रधानमन्त्री लोकतान्त्रिक बाटोबाट आएर मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्दै हुनुहुन्छ : आङदेम्बे
hamrakura.com · Mon Jul 06 00:00:00 GMT 2026
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान संशोधन जस्तो संवेदनशील र राष्ट्रिय महत्त्वको विषयलाई सरकारले अत्यन्तै हल्का रूपमा लिएको भन्दै तीव्र आक्रोश व्यक्त गरेका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेता आङदेम्बेले संवैधानिक कानुनको न्यूनतम ज्ञान समेत नभएको र संविधान निर्माणमा कुनै योगदान नभएको व्यक्तिलाई संविधान संशोधन बहसपत्र कार्यदलको संयोजक बनाइएको भन्दै सरकारको कदमप्रति कडा आपत्ति जनाए।
उनले संविधान संशोधनका लागि मुलुकको न्याय प्रणाली र संविधानले चिनेको बहालवाला वा पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा मात्रै यस्तो प्रक्रिया अगाडि बढाउनु परिपक्व हुने धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)