‘नेसनल भलिबल डे’ मनाउदै आजदेखि काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदै
kendrabindu.com · Fri May 22 04:06:14 GMT 2026
कामठमाडौं । ‘नेसनल भलिबल डे’ मनाउदै आजदेखि काभा महिला भलिबल च्याम्पियनसिप काठमाडौंमा सुरु हुँदैछ । २०७४ सालमा नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपछि नेपाल भलिबल संघले हरेक वर्ष जेठ ८ गते नेसनल भलिबल डे मनाउँदै आएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाल कभर्डहलमा हुने च्याम्पियनसिपमा नेपालसहित सेन्ट्रल एसियाका ८ टोलीको सहभागिता छ । पहिलो दिन आज उद्घाटन समारोहसहित तीन खेल हुनेछ । जसमा घरेलु टोली नेपालले पहिलो खेलमै छिमेकी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)