आज एकैदिन १० संसदीय समितिको बैठक
hamrakura.com · Fri May 22 00:00:00 GMT 2026
काठमाडौँ । संघीय संसद् अन्तर्गत आज एकैदिन १० ओटा संसदीय समितिको बैठक बस्दैछन् । शुक्रबार बस्ने विभिन्न समितिहरूले बजेट, मानव अधिकार, पूर्वाधार, सुशासन, सञ्चार, सामाजिक सुरक्षा लगायत समसामयिक विषयमा छलफल गर्ने कार्यसूची तय गरेका छन् ।
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयमा उपसमितिहरूले सुझाव पेश गर्ने कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)