हमासले गाजाको प्रशासनिक निकाय विघटन गर्ने
ratopati.com · Mon Jul 06 09:22:48 GMT 2026

करिब दुई दशकदेखि गाजा पट्टीको प्रशासन सञ्चालन गर्दै आएको हमासले आफ्नो सरकारी प्रशासनिक निकाय विघटन गर्ने निर्णय गरेको छ । यससँगै गाजाको प्रशासन प्यालेस्टिनी राष्ट्रिय प्राविधिक समितिलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढ्ने हमासका अधिकारीहरूले सोमबार बताएका छन् ।
सन् २००७ मा फताहबाट गाजाको नियन्त्रण लिएपछि हमासले त्यहाँ प्रत्यक्ष शासन गर्दै आएको थियो । तर गत अक्टोबरमा इजरायलसँग युद्धविराम भएपछि हमासले दैनिक प्रशासनबाट अलग हुन सक्ने सङ्केत बारम्बार दिँदै आएको थियो । यद्यपि समूहको निशस्त्रीकरण र युद्धपछिको राजनीतिक व्यवस्थाबारे भने अझै सहमति हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)