दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
ratopati.com · Sun Sep 06 22:58:53 GMT 2026

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह सुरु गरेको छ । भवन निर्माणका लागि २०७७ असार ३० गते ठेक्का सम्झौता गरिएको थियो । कुल २७ कोठे चारतले प्रशासनिक कार्यालय भवन सात वर्षपछि सम्पन्न भएसँगै गाउँपालिकाको सम्पूर्ण सेवा आइतबारदेखि आफ्नै प्रशासनिक कार्यालय भवनबाट सुरु गरिएको हो ।
प्रशासनिक भवनका लागि २०८० साल असार २२ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनी रविना–अविसासँग सम्झौता गरिएको थियो । निर्धारित समयभन्दा करिब छ वर्ष दुई महिनापछि भवन निर्माण सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी मुकेश गेलालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)