वीरगन्जको क्यासिनोबाट गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक पक्राउ, जुवा खेलाएको आरोप
barnanmedia.com · Sun Sep 06 23:05:59 GMT 2026

जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगन्जस्थित क्यासिनोमा जुवा खेलाएको आरोपमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित ८ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार शनिबार राति साढे १० बजेतिर वीरगन्ज महानगरपालिका-१४, गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपालीहरू प्रवेश गराई जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)