बाढीपछिको बाध्यता– तत्कालका लागि तुइन
newsofnepal.com · Sun Sep 06 23:38:43 GMT 2026

हेटौंडा ।
भोटेकोशीको बाढीले नेपाललाई पुनः तुइन युगतर्फ नै फर्काएको छ । तत्कालको समस्या समाधानमा केही सहजता हुने आशासहित तुइन निर्माण प्राथमिकतामा पारिएको हो । पुलहरु बगाएर आवागमन प्रभावित भएपछि बागमती प्रदेश सरकारले नुवाकोटका पाँच स्थानमा तुइन जडान गर्न थालेको छ । तत्काल उद्धार तथा स्थानीयको आवतजावत सहज बनाउन प्रदेश सरकारले वेत्रावती, भैंसे, ढुंग्रे, सिमलचौर र देवीघाटमा तुइन जडान गर्न लागेको हो । त्रिशुली नदीको त्रिशुलीबजारमा सोमबार तुइन जडान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)