अपमानित गरेको भिडिओ सार्वजनिक भएपछि बालिकाद्वारा आत्महत्या
ratopati.com · Mon Jul 06 10:13:49 GMT 2026

बारा । स्थानीय युवाले अपमानित गरेको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि बारा कलैयाकी एक बालिकाले आत्महत्या गरेको घटनामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।
कलैया उपमहानगरपालिका–२१, भौडाहाकी १३ वर्षिया सरिया खातुन गतसाता आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएकी थिइन् । प्रहरीले उक्त घटनाको अनुसन्धान क्रममा एक जनालाई नियन्त्रणमा लिएको छ भने ७ जनाविरुद्ध जाहेरी दर्ता गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)