संस्कृति बन्न सकेन रक्तदान
gorkhapatraonline.com · Mon Jun 15 00:27:29 GMT 2026

नेपालमा रक्तदानबारे सचेतना विस्तार हुँदै गए पनि अपेक्षित रूपमा नियमित स्वैच्छिक रक्तदाताको सङ्ख्या बढ्न सकेको छैन ।
एक स्वस्थ व्यक्तिले वर्षमा तीनदेखि चार पटकसम्म सुरक्षित रूपमा रक्तदान गर्न सक्ने भए पनि यस विषयमा पर्याप्त जनचेतना फैलिन सकेको छैन । रक्तदानबारे अझै डर र भ्रम, स्वास्थ्यमा असर पर्छ भन्ने गलत धारणा, नियमित रक्तदाताको दर्ता प्रणाली कमजोर हुनु, ग्रामीण क्षेत्रमा कार्यक्रमको सीमित पहुँच तथा आपत्कालीन अवस्थामा मात्र रक्तदान गर्ने प्रवृत्तिले गर्दा रक्तदाताको सङ्ख्या बढ्न सकेको छैन । नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाका अनुसार वार्षिक दुई लाख युनिट रगत सङ्कलन हुने गर्दछ । केन्द्रले वार्षिक रूपमा चार लाख युनिट रगत वितरण गर्ने गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)