विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन
nepalnews.com · Mon Jul 06 10:26:51 GMT 2026

काठमाडौँ। विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले युवालाई नवप्रवर्तनमार्फत स्वदेशमै क्रियाशील हुने वातावरण बनाइए विदेश जाने क्रम रोकिने बताएका छन्।
राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ को छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले लामो पहलपछि बेग्लै मन्त्रालय स्थापना भएको र यस क्षेत्रका लागि बजेट बढ्न थालेको बताए। मन्त्री पुनले मुलुकमा आविष्कार केन्द्र खोल्न आफूले विगतमा गरेका कामको चर्चा गर्दै अघिल्ला सरकारहरुले विज्ञान र प्रविधिलाई कम महत्व दिएकाले आफू राजनीतिमा आउनुपरेको स्पष्ट गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)