कांग्रेस नेता आङ्देम्बेले भने : प्रधानमन्त्रीज्यू, तपाईंले भाइरल हुने बाटो त्याग्नुहोस्
barnanmedia.com · Mon Jul 06 10:21:58 GMT 2026

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्लाई प्राथमिकता नदिएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा नेता आङ्देम्बेले भने, 'म प्रधानमन्त्रीजीलाई गम्भीरतापूर्वक सोध्न चाहन्छु कि यदि संसद् नै तपाईंको प्राथमिकतामा पर्दैन भने संसदीय लोकतन्त्र कसरी बलियो हुन्छ ?'
प्रधानमन्त्री शाहले संसद्मा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा लेख्न मन पराउने गरेको पनि आङ्देम्बेको भनाइ छ । उनले भने, 'यदि प्रधानमन्त्री संसद्मा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई बढी प्रभावकारी ठान्नुहुन्छ भने जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कसरी कायम रहन्छ ?'
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)