‘सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौँ’
ratopati.com · Fri May 22 05:14:59 GMT 2026

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट जनमुखी बनाउने बताएका छन् । प्रदेश सुशासन केन्द्रले भालुबाङमा आयोजना गरेको ‘कानुन, बजेट तथा योजना निर्माण र संसदीय नियन्त्रण’सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आज उद्घाटन गर्दै उलले सबैको भावना समेटेर जनमुखी र विकास केन्द्रित बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।
मुख्यमन्त्री आचार्यले आगामी आवको नीति तथा कार्यक्रम तथा बजेट निर्माणको तयारी तीव्र रूपमा अघि बढाइएको बताए । “आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटिरहेका छौँ । सबैको भावना समेटिने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी छ”, उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)