श्रीलंकाको नेगोम्बो जेलमा दुई समूहबीच झडप : २५ जनाको मृत्यु
annapurnapost.com · Mon Jul 06 10:27:41 GMT 2026

काठमाडौं : श्रीलंकाको नेगोम्बो जेलमा सोमबार बिहान भएको हिंसाका कारण २५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।बीबीसीका अनुसार मृत्यु हुनेहरूमा तीन जना प्रहरी अधिकारी पनि रहेका छन्। आइतबार पनि यसै जेलमा झडप भएको थियो, जसमा दुई जनाको मृत्यु भएको थियो भने ३९ जना घाइते भएका थिए।
यद्यपि, आइतबार नेगोम्बो जेलभित्रको तनावपूर्ण स्थितिलाई अधिकारीहरूले नियन्त्रणमा लिएको दाबी गरेका थिए। तर सोमबार जेलभित्र पुनः अशान्ति फैलिकाे र जेलभित्र भित्रबाट लगातार गोली चलेको आवाज सुनिएको बताइएकाे छ। जेल आयुक्त तथा जेल मिडिया प्रवक्ता एसी गजानायकेले मिडियालाई दिएको जानकारी अनुसार कैदीहरूका दुई समूहबीच भएको झडप थियो। आइतबार भएको झडपलाई अधिकारीहरूले सुल्झाएका थिए, तर सोमबार बिहान फेरि हिंसा मच्चियो।