ब्राजिल बाहिरिएपछि प्रशिक्षकले भने- ‘यो अन्त्य होइन, नयाँ युगको सुरूवात हो’
setopati.com · Mon Jul 06 10:41:00 GMT 2026
फिफा विश्वकप २०२६ को अन्तिम १६ मा नर्वेसँगको २-१ को अप्रत्याशित हारपछि ब्राजिलको विश्वकप यात्रा अन्त्य भएको छ। प्रशिक्षक कार्लो अन्सेलोटीले यो हारलाई अन्त्य नभई सन् २०३० को विश्वकपका लागि नयाँ सुरुवात भएको बताएका छन्। सन् १९९० पछि पहिलो पटक ब्राजिल प्रिक्वाटरफाइनलबाटै बाहिरिएको हो।
अन्सेलोटीले भने, ‘हामीले ७० मिनेटसम्म खेल नियन्त्रणमा राखेका थियौँ, तर हालान्डले खेलको नतिजा बदलिदिए। हार एउटा नयाँ साहसिक यात्राको सुरुवात हो, हामीले नयाँ सोचका साथ अघि बढ्नुपर्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)