सुर्खेत विमानस्थलबाट निःशुल्क सटल बस सेवा विस्तार
annapurnapost.com · Fri May 22 05:28:10 GMT 2026

वीरेन्द्रनगर : कर्णाली प्रदेशको प्रमुख हवाई प्रवेशद्वारका रूपमा रहेको सुर्खेत विमानस्थलबाट सञ्चालन हुँदै आएको निःशुल्क सटल बस सेवा विस्तार गरिएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले विमास्थल र सटल बस सेवा अनुगमनपछि यात्रुको सुविधाका लागि सेवा विस्तार गर्न निर्देशन दिएका हुन् ।
सचिव निरौंलाको निर्देशनपछि सुर्खेत नागरिक उड्डयन कार्यालय अन्तर्गत विमानस्थल प्रमुख हिराजन काफ्लेले निःशुल्क सटल बस सेवा विस्तार गरिएको बताए । सुर्खेत नागरिक उड्डयन कार्यालयले जारी गरेको सूचना अनुसार शुक्रबारदेखि निरन्तर विमानस्थलदेखि मुख्य बजार क्षेत्रसम्म यात्रुहरूको सहज आवतजावतका लागि सटल बस सेवा सञ्चालन हुनेछ । यसले विमानस्थल आउने र जाने सेवाग्राहीहरुका लागि बिमानस्थल जान र फर्किन सहजता हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)