सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु
corporatenepal.com · Mon Jul 06 10:49:42 GMT 2026

कायरो । सुडानमा जारी गृहयुद्धका कारण पछिल्लो छ महिनामै ३०० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ । तीमध्ये अधिकांशको ज्यान ड्रोन आक्रमणमा गएको संयुक्त राष्ट्रसङ्घीय बाल कोष ९युनिसेफ० ले सोमबार जनाएको छ । युद्ध थप तीव्र बन्दै जाँदा बालबालिका हिंसा, विस्थापन र मानवीय सङ्कटको सबैभन्दा ठूलो मारमा परिरहेका छन् ।
सन् २०२३ को अप्रिलदेखि सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बल ९आरएसएफ० बीच जारी द्वन्द्व अहिले मुख्यतः कोर्डोफान, डार्फर र ब्लू नाइल राज्यमा केन्द्रित छ । युनिसेफका अनुसार हालका महिनामा ड्रोन युद्ध तीव्र बनेको छ र कुल हताहतमध्ये करिब ६० प्रतिशत घटना ड्रोन आक्रमणसँग सम्बन्धित छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)