नाटोमा बढ्दै युरोपको भूमिका
kendrabindu.com · Mon Jul 06 10:54:30 GMT 2026

ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोप्रति अमेरिकाको परम्परागत सुरक्षा प्रतिबद्धतामाथि बारम्बार प्रश्न उठाउन थालेपछि युरोपेली देशहरू आफ्नै सुरक्षाको जिम्मेवारी बढाउने दिशामा तीव्र रूपमा अघि बढेका छन् । यही परिवर्तनलाई थप स्पष्ट बनाउने अपेक्षासहित ३२ सदस्यीय नाटोका नेताहरू यस हप्ता टर्कीको अङ्कारामा शिखर सम्मेलनमा जुट्दै छन् ।
ट्रम्प प्रशासनले अमेरिका अब युरोपको सुरक्षाको मुख्य जिम्मेवारी एक्लै वहन गर्न नचाहेको स्पष्ट सङ्केत दिएको छ । हालै जर्मनीबाट पाँच हजार अमेरिकी सैनिक फिर्ता बोलाउने, पोल्यान्डमा नयाँ तैनाथी रोक्ने तथा युरोपमा रहेका अमेरिकी सैन्य उपस्थितिको समीक्षा गर्ने निर्णयले नाटोभित्र नयाँ शक्ति सन्तुलनबारे बहस तीव्र बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)