‘नेपाली रुट्स समिट’ मा डायस्पोराको ज्ञान र लगानी नेपालसँग जोड्नेमा जोड
onlinekhabar.com · Mon Jul 06 10:52:34 GMT 2026

बार्सिलोना। जर्मनीको म्युनिखमा ‘नेपाली रूट्स समिट–२०२६’ सम्पन्न भएको छ। जर्मनी तथा युरोपमा रहेका नेपाली उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी र विभिन्न पेसामा आबद्ध नेपालीबीच सञ्जाल विस्तार गर्दै उनीहरूको ज्ञान, सिप र अनुभवलाई नेपालको विकाससँग जोड्ने समिटको उद्देश्य रहेको छ ।
नेपाली रुट्स इभीको आयोजनामा सम्पन्न समिटमा जर्मनीका विभिन्न शहरबाट ९६ जना नेपाली सहभागी भएका थिए। कार्यक्रममा नेतृत्व, उद्यमशिलता, नवप्रवर्तन, एआई तथा डायस्पोरा नेतृत्वलगायत समसामयिक विषयमा छलफल गरिएको थियो। समिटको अध्यक्षता संस्थाका अध्यक्ष डा. कृतन गौतमले गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)