मलेसियालाई ७ विकेटले हराउँदै नेपालले जित्यो सिरिज
kendrabindu.com · Fri May 22 05:44:37 GMT 2026
काठमाडाैं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा ७ विकेटको सहज जित दर्ता गरेको छ। यस जितसँगै नेपालले दुई खेलको टी–२० शृङ्खला २–० ले क्लिन स्विप गर्दै आफ्नो पोल्टामा पारेको छ।
मलेसियाको क्लाङस्थित बायुइमास क्रिकेट ओभल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ८२ रन बनाउन सक्यो। ८३ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १६ ओभरमा मात्र ३ विकेट गुमाएर ८३ रन बनाउँदै लक्ष्य पूरा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)