बालोगुनमाथिको प्रतिबन्ध स्थगित गर्ने फिफाको निर्णयप्रति युईएफएको कडा आपत्ति
ratopati.com · Mon Jul 06 11:05:40 GMT 2026
नियोन । युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले अमेरिकी खेलाडी फोलारिन बालोगुनमाथिको एक खेलको प्रतिबन्ध स्थगित गर्ने फिफाको निर्णयको कडा विरोध गरेको छ । उक्त निर्णयलाई ‘अभूतपूर्व, बुझ्नै नसकिने र कुनै पनि हिसाबले औचित्य पुष्टि गर्न नसकिने’ भन्दै फिफाले विश्व फुटबलमा रातो रेखा पार गरेको आरोप युइएफएले लगाएको छ ।
बालोगुनको रातो कार्डमाथि पुनरावलोकन गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई आग्रह गरेपछि फिफाले उनको प्रतिबन्ध एक वर्षको परीक्षण अवधिका लागि स्थगित गरेको थियो । यससँगै बालोगुनले सोमबार बेल्जियमविरुद्धको विश्वकपको अन्तिम १६ को खेल खेल्न पाउने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)