अवकाश प्राप्त पूर्व सैनिकको गार्मेन्ट उद्योग, १५ जनालाई रोजगारी
annapurnapost.com · Fri May 22 05:55:07 GMT 2026

प्यूठान : नेपाली सेनाबाट अवकाशपछि प्यूठानका एक पूर्व सैनिकले गार्मेन्ट उद्योग सञ्चालन गर्दै आएका छन् । उद्योगमा १५ जनाले रोजगार पाएका छन् भने अहिले उनले वार्षिक लाखौं रुपैंया आम्दानी गर्दै आएका छन् ।
प्यूठान नगरपालिका–१० मरन्ठानाका विष्णु गिरीले राप्ती गण्डकी युनिफर्म उद्योग नाम दिएर गार्मेन्ट उद्योग सञ्चालन गर्दै आएका छन् । नेपाली सेनाबाट अवकाश प्राप्त गिरीले २०६९ साल मंसिरदेखि उद्योगको रुपमा फर्म सञ्चालन गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)