मेटाले भिडियो एडिटिङ एप ‘एड्रिट्स’ मा थप्यो थप १५ भाषाको ‘बाइलिङ्गुअल क्याप्सन’
onlinekhabar.com · Mon Jul 06 11:23:41 GMT 2026

२२ असार, काठमाडौं । मेटा कम्पनीले आफ्नो भिडियो एडिटिङ एप ‘एडिट्स’ मा थप नयाँ फिचरहरू थप्दै यसलाई अझ परिमार्जित बनाएको छ। यस नयाँ अपडेट अन्तर्गत एआईद्वारा अटोमेटेड रूपमा तयार हुने बाइलिङ्गुअल क्याप्सन, परिष्कृत क्रिएटिभ टेम्पलेट र नयाँ सिजनल साउन्ड इफेक्टहरू समावेश गरिएका छन्।
यस हप्ताको सबैभन्दा मुख्य अपडेट एआईबाट चल्ने ‘अटो-जेनेरेटेड बाइलिङ्गुअल क्याप्सन’ हो । जसले क्रिएटरहरूलाई नयाँ अन्तर्राष्ट्रिय बजार र दर्शकहरूमाझ पुग्न ठूलो मद्दत गर्नेछ। यो फिचरले अंग्रेजी, हिन्दी, स्पेनी, फ्रान्सेली, बङ्गाली लगायत विभिन्न १५ वटा भाषाहरूमा टेक्स्ट (क्याप्सन) उपलब्ध गराउनेछ । जसले भिडियोको पहुँचलाई विश्वव्यापी रूपमा विस्तार गर्ने क्षमता राख्दछ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)