सरकारी कार्यालय खाली गर्न तीनदिने अल्टिमेटम
rajdhanidaily.com · Mon Jul 06 11:43:41 GMT 2026

काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनलाई तीन दिनभित्र सरकारी कार्यालय खाली गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना प्रकाशन गरेको छ। सूचना निर्धारित समयमा भवन तथा अन्य संरचना खाली गरी सम्बन्धित निकायलाई बुझाउन मन्त्रालयले आग्रह गरेको छ।
असार २२ गते युनियन तथा संगठनहरुलाई पत्राचार गरी सरकारी जग्गामा रहेका भवन तथा अन्य संरचना खाली गर्न पत्राचार गरिसकेको छ। पत्राचारपछि पनि ट्रेड युनियनले सरकारी कार्यालय तथा संरचना खाली नगरेपछि मन्त्रालयले यो सूचना सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)