सुदूरपश्चिममा २ मन्त्रीले बहिष्कार गरे कांग्रेस संसदीय दलको बैठक, प्रतिपक्षलाई समेत विश्वासमा लिएर अघि बढ्ने निर्णय
nepalpress.com · Mon Jul 06 11:42:01 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेपाली काङ्ग्रेस संसदीय दलको बैठक दुई मन्त्रीको बहिष्कारबीच सम्पन्न भएको छ। बैठकले सरकारले ल्याएको आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा सत्ता गठबन्धनभित्र संवाद, छलफल र सहमतिका आधारमा अघि बढ्ने तथा प्रमुख प्रतिपक्षलाई समेत विश्वासमा लिएर बजेट प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।
बैठकको निर्णय नं. १ मा भनिएको छ, “नेपाली काङ्ग्रेस र नेकपा (एमाले) को गठबन्धनबाट बनेको सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटका सम्बन्धमा उठेका विषयमा सत्ता गठबन्धनबीच संवाद, छलफल र सहमतिका आधारमा प्रतिपक्षलाई समेत विश्वासको वातावरण निर्माण गरी अघि बढ्ने।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)