आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज ल्याउँदै सातै प्रदेश
nepalviews.com · Mon Jun 15 01:59:05 GMT 2026

काठमाडौँ । मुलुकका सातवटै प्रदेश सरकारले आज (सोमबार) आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक आयव्ययको अनुमानित विवरण (बजेट) सार्वजनिक गर्दैछन्। कानुनी व्यवस्थाअनुसार असार १ गते बजेट ल्याउनुपर्ने बाध्यता अनुरूप सबै प्रदेश सरकारहरूले आज आ-आफ्नो प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागेका हुन्।
नेपालको संवैधानिक र कानुनी प्रबन्धअनुसार तीनवटै तहका सरकारले बजेट सार्वजनिक गर्ने अलग-अलग मिति तय गरिएको छ। संविधानमै उल्लेख भएअनुसार संघीय सरकारले जेठ १५ गते बजेट ल्याइसकेको छ। संघीय बजेट आइसकेपछि सोही मार्गदर्शन र वित्तीय हस्तान्तरणको सिलिङमा आधारित भएर प्रदेशहरूले असार १ गते बजेट प्रस्तुत गर्ने कानुनी व्यवस्था अन्तरसरकारी वित्त व्यवस्थापन ऐनमा गरिएको हो। यसैगरी स्थानीय तहहरूले भने आगामी असार १० गतेभित्र आफ्नो बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)