भाेटेकाेशी बाढी: अन्तिम संस्कारमा पनि सकस, एउटै कोठामा दुई परिवार
nagariknews.nagariknetwork.com · Mon Sep 07 00:55:32 GMT 2026

सीमापारिबाट भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएकाको १३औं दिनको काजकिरिया सोमबार पूरा हुँदै छ। बाढीमा बेपत्ता केहीको कुशको शव बनाएर अन्त्येष्टिसहित आफन्त किरियामा बसेका छन्। बाढीमा बेपत्ता कतिपय सम्पर्कमा नआएपछि मृत्यु भएको ठानेर कुशको शव बनाएर अन्त्येष्टि गरिएको हो।
बाढीले बगाएर बगरमा परिणत बेत्रावती बजारका २६ घरका ५७ सदस्य बेपत्ता छन्। उनीहरूका आफन्त काठमाडौंको धुम्बाराही र शोभाभगवती क्षेत्रमा काजकिरियामा छन्। धुम्बराहीमा १६ परिवार र शोभाभगवतीमा १० परिवारका आफन्त किरियामा छन्। ठाउँ अभावमा कतिपय परिवार एकै ठाउँमा बसेर काजकिरिया गर्न बाध्य छन्। सास र लाससमेत फेला नपरेपछि कुशको सब बनाएर अन्तिम संस्कारको कर्म गरिरहेको आफन्त बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)