नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सवमा वृक्षारोपण
kalakarmi.com · Mon Jul 06 11:24:14 GMT 2026

काठमाडौं- नबिल बैंक लिमिटेडले आइतवार वृक्षारोपण गरी साताव्यापी नबिल ग्रिन विक-२०२६ समापन गरेको छ । दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सवका अवसरमा यही असार १५ देखि प्रारम्भ ‘नबिल ग्रिन विक’ साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाइएको बैंकले जनाएको छ ।
नबिल दिगो बचत खाता तथा दिगो बैंकिङको वार्षिकोत्सवका अवसरमा काठमाडौँको टोखा नगरपालिका–२ स्थित गले पार्कमा २०० वटा एभोकाडोका बिरुवा रोपिएको बैंकको भनाइ छ । नबिल बैंक तथा लुम्बिनी वल्र्ड पिस फोरम नेपालको सहकार्यमा भएको कार्यक्रममा काठमाडौँको टोखा नगरपालिका–२ का वडा कार्यालयले संरक्षण गर्ने गरी वृक्षारोपण सम्पन्न गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)