राहत सामग्री नै म्याद गुज्रेका
gorkhapatraonline.com · Mon Sep 07 01:17:10 GMT 2026

भोटेकोशी बाढीपीडितका लागि वितरण गर्न पठाइन लागेका सामग्रीको गुणस्तरमा समस्या देखिएको छ । राहतका लागि दाताले प्रदान गरेका सामग्री न्यून गुणस्तरका र म्याद नाघेका पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँको संयुक्त टोलीले राहत खाद्य सामग्रीको गुणस्तर र स्वच्छता सुनिश्चित गर्न सङ्कलन केन्द्रमै अनुगमन गर्दा त्यस्तो पाइएको हो ।
टोलीले राजधानीका विभिन्न पाँच वटा राहत भण्डारण तथा सङ्कलन स्थलमा आकस्मिक निरीक्षण गरेको हो । अनुगमनमा केही स्थापित निकायमा समेत उपभोग्य मिति समाप्त भएका (म्याद गुज्रिएका) राहत सामग्री भेटिएपछि तिनलाई जफत गरी छुट्टै राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)