कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा
lokaantar.com

जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको प्रमुख सिजन चलिरहेका बेला कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा परेका छन् ।
अविरल वर्षाका कारण जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो, ढुङ्गा र लेदो खसेपछि तीन दिनदेखि सडक अवरुद्ध छ । स्याउ बोकेर सुर्खेत, नेपालगन्जलगायतका सहरतर्फ हिँडेका दर्जनौँ गाडी सडकमा थन्किएका छन् । यसले स्याउ कुहिने चिन्ताले व्यापारीलाई सताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)