सुपमा गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकसम्बन्धी कार्यक्रम अन्तिम समयमा रोकियो
nepalviews.com · Fri May 22 06:55:16 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिमको महेन्द्रनगरमा गर्ने भनिएको क्रियाशील सदस्यता अद्यावधिकसम्बन्धी कार्यक्रम स्थगित भएको छ ।
कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले अर्को सूचना नभएसम्मका लागि कार्यक्रम स्थगित भएको जनाएका छन् । उनले भनेका छन्, 'नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिद्वारा २०८३ जेठ ११ गते कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिने भनिएको सदस्यता अद्यावधिकसम्बन्धी सुदूरपश्चिम प्रदेशको अन्तरक्रियात्मक कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)