साउन २६ गतेदेखि नेपाल मोबिलिटी एक्सपोः ५३ ब्राण्ड र ४० नयाँ सवारी साधनको प्रदर्शन
kalakarmi.com · Mon Jul 06 12:21:31 GMT 2026

काठमाडौं– आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नेपाल मोबिलिटी एक्सपो २०२६ मा ५३ अटो मोबाइल ब्राण्ड तथा ४० नयाँ सवारीसाधन र प्रविधिको सार्वजनिक प्रस्तुति गरिने भएको छ । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको साझा संस्था नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराएको हो ।
यस वर्षको एक्सपोमा ५३ वटा अटो मोबाइल ब्राण्डको सहभागिता रहने तथा ४० नयाँ सवारीसाधन र प्रविधिको सार्वजनिक प्रस्तुति गरिने आयोजकले जनाएको हो । नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले यस वर्षको एक्सपो अघिल्लो संस्करणभन्दा अझ ठूलो, व्यवस्थित र प्रभावकारी हुने बताइन् । उनका अनुसार एक्सपोमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे, व्यावसायिक सवारीसाधन, विद्युतीय तथा हाइब्रिड सवारी, चार्जिङ पूर्वाधार र गतिशीलतासँग सम्बन्धित नवीन प्रविधिहरू एकै स्थानमा अवलोकन गर्न सकिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)