सुर्खेत विमानस्थलबाट निःशुल्क बस सेवा
gorkhapatraonline.com · Fri May 22 07:13:00 GMT 2026

कर्णाली प्रदेशको प्रमुख हवाई प्रवेशद्वारका रूपमा रहेको सुर्खेत विमानस्थलबाट सञ्चालन हुँदैआएको निःशुल्क सटल बस सेवा विस्तार गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले बिहीबार विमास्थल र सटल बस सेवा अनुगमनपछि यात्रुको सुविधाका लागि सेवा विस्तार गर्न निर्देशन दिएका हुन् ।
उक्त निर्देशनपछि सुर्खेत नागरिक उड्डयन कार्यालयअन्तर्गत विमानस्थल प्रमुख हिराजन काफ्लेले निःशुल्क सटल बस सेवा विस्तार गरिएको जानकारी दिएका हुन् । उहाँले बिहीबार नै एक सूचना जारी गर्दै सेवा विस्तार गरिएको जानकारी गराएका हुन् । सुर्खेत नागरिक उड्डयन कार्यालयले जारी गरेको सूचनाअनुसार शुक्रबारदेखि निरन्तर विमानस्थलदेखि मुख्य बजार क्षेत्रसम्म यात्रुहरूको सहज आवत–जावतका लागि सटल बस सेवा विस्तार गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)