सगरमाथा वृक्षरोपण अभियान : मुन्दुम पदमार्गमा लालीगुराँसका बिरुवा रोपण
tourismface.com · Mon Jul 06 12:34:01 GMT 2026
भोजपुर । सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत भोजपुरको पर्यटकीय तथा धार्मिक महत्त्वको मुन्दुम पदमार्ग क्षेत्रमा लालीगुराँसका बिरुवा रोपिएको छ । हरियाली प्रवर्द्धन, वातावरण संरक्षण तथा पर्यटन विकासलाई टेवा पु¥याउने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको हो ।
गाउँपालिकाका अनुसार पछिल्लो समय मुन्दुम पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ । पदमार्गलाई थप हरियालीयुक्त, आकर्षक र वातावरणमैत्री बनाउने लक्ष्यसहित लालीगुराँस रोपिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)