रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा
nepallive.com · Mon Sep 07 02:11:10 GMT 2026

काठमाडौं– भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले थप सक्रियता देखाएको छ।
मन्त्रालयका अनुसार प्रतिकूल मौसमका बाबजुद धादिङमा करिब ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा करिब ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याइएको छ। बाँकी क्षेत्रमा विद्युत् पुर्याउनका लागि नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली परिचालन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)