शोकसँगै रोगको डर
annapurnapost.com · Mon Sep 07 02:13:54 GMT 2026

काठमाडौं : भोटेकोशीको बाढीले घरबारमात्र बगाएन, विस्थापितको स्वास्थ्य पनि जोखिममा पारेको छ। आफ्नो थातथलो छाडेर अस्थायी आश्रयस्थल (होल्डिङ सेन्टर)मा बसिरहेकाहरू शारीरिक एवं मानसिक समस्यासँग जुध्दै छन्। बाढी प्रभावित क्षेत्रमा खटिएका चिकित्सकका अनुसार, कसैलाई ज्वरो आएको छ भने कसैमा पेटको संक्रमण देखिन थालेको छ।
बाढीको त्रास र आफन्त गुमाउनुको पीडाले धेरैको मन पनि अशान्त छ। मनमा चिन्ता लिएका विस्थापितहरू विभिन्न स्वास्थ्य जोखिमसँग पनि जुध्नुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्। पछिल्लो २४ घण्टामा रसुवा र नुवाकोट जिल्लामा १२ जना विस्थापितमा ज्वरो तथा खोकी पाइएको छ। त्यस्तै एक जनामा पेट तथा आन्द्रामा अचानक हुने संक्रमण (एक्युट ग्यास्ट्रोएन्टेराइटिस) देखिएको छ। बाढीपछि खानेपानी र सरसफाइमा आएको समस्याले पानीजन्य रोगको जोखिम बढाएको स्वास्थ्यकर्मीहरू बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)