त्रिशूलीको समग्र पुनर्निर्माणका लागि दीर्घकालीन गुरुयोजना बनाउन कुलमान घिसिङको माग
nagariknews.nagariknetwork.com · Mon Sep 07 02:18:08 GMT 2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवा जिल्लास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको समग्र पुनर्निर्माणका लागि दीर्घकालीन गुरुयोजना तत्काल अघि बढाउन सरकारसँग माग गरेका छन्।
बाढी आएको १३औँ दिन राष्ट्रिय शोक मनाइरहँदा घिसिङले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्। उनले दिनरात नभनी खोज तथा उद्धारमा खटिएका नेपाली सेना, अन्य सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, प्रशासन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ तथा प्राविधिक टोलीलगायत सबैप्रति आभार व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)