रसुवा बाढी : ‘त्यो दिन म दुई मिनेटले बाँचेँ’
barnanmedia.com · Mon Sep 07 02:20:15 GMT 2026

अहिले पनि म बेलाबेला झस्किन्छु– त्यो पापी भेल सम्झिँदा । आँखा अघिल्तिर घरिघरि आइरहन्छ अहिले पनि– बादलको बीचबाट रातो धूवाँजस्तो तल झरिरहेको त्यो भेल । केही बुझ्न नपाउँदै पहाड नै उठेर हामीतिर दौडिएजस्तो लाग्ने त्यो दृश्य । त्यसपछि सुरु भएको भागदौड । घाँस र बुट्यान समात्दै उकालो लागेका हामी । पछाडि नहेरी पाँच घण्टासम्म कुदेको त्यो दिन ।
म रसुवाको माथिल्लो त्रिशूली हाइड्रोपावरमा सेफ्टी सुपरभाइजरको पदमा कार्यरत थिएँ विगत २९ महिनायता । केही दिनअघिको पानीले सडक निर्माणको काम बिगारेको थियो । त्यसको अवस्था अवलोकन गरी फोटो खिचेर पठाउन सरले मलाई माथितिर पठाउनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)