कसरी आउँछ विपद् क्षतिपूर्तिको पैसा ?
annapurnapost.com · Mon Sep 07 02:24:30 GMT 2026

काठमाडौं : भोटेकोशी महाविपत्तिपछि नेपालले जलवायुजन्य हानिनोक्सानीबापत क्षतिपूर्तिको मुद्दा गम्भीर रूपमा उठाएको छ। प्रधानमन्त्री बालेन (वालेन्द्र) शाहले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा पनि जलवायुप्रेरित घटनाको न्यायको माग गम्भीरतापूर्वक उठाउने तयारी गरिरहेका छन्। तर, सजिलो छ त जलवायु विपद्पछिको पैसा नेपालले पाऊन् ?
विज्ञहरू भन्छन्, ‘सामान्यतः जलवायुजन्य घटनापछि हरित जलवायु कोष, अनुकूलन कोषलगायत विभिन्न कोषमा क्षतिपूर्ति दाबी गर्न सकिन्छ। नेपालजस्तै समस्या भोग्ने अन्य देशहरूले पनि क्षतिपूर्तिको दाबी गरेका हुन्छन्। तर, यसका लागि प्रस्तावना लेख्ने, अनुसन्धान गर्नेदेखि निकै लामो समय खर्चिनुपर्छ। यसको प्रक्रिया निकै लामो हुन्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)