‘जेनजीहरुको मुद्दा केन्द्रमा राखेर काम गरिरहेका छौं’
gorkhapatraonline.com · Mon Sep 07 02:33:11 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सनाले जेनजी आन्दोलनको प्रमुख मुद्दा ‘सुशासन’ भएको र त्यसलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको बताउनुभएको छ ।
गोरखापत्र अनलाइनसँग संक्षिप्त कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुहुँदै थप्नुभयो, “राजनीतिजस्तो राजनीति हुनुपर्यो । राजनीतिको केन्द्रमा जनहित हुनुपर्यो । भ्रष्टाचार हुनु भएन । नीति देशका लागि बन्नु पर्यो । सरकारले त्यसको कार्यान्वयन गर्नु पर्यो। सरकारले राष्ट्र र जनताको हितमा काम गर्नु पर्यो। एक किसिमको उकुसमुकुसबाट देश गुज्रिरहेको थियो । देशमा मान्छे बस्न चाहिरहेको थिएन, जेनजी व्रिदोहले त्यसको जवाफ खोजेको थियो ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)