बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी
gorkhapatraonline.com · Fri Aug 28 07:27:46 GMT 2026

मस्को, भदौ १२ गते । युक्रेनले रुसी भूभागभित्र टाढासम्म प्रहार गर्न बेलायती लामो दूरीका क्रुज मिसाइल प्रयोग गरेमा युक्रेनभित्र र बाहिर रहेका बेलायती सैन्य प्रतिष्ठान तथा उपकरणमा आक्रमण गर्ने चेतावनी रुसले दिएको छ ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले बिहीबार मस्कोमा आयोजित पत्रकार सम्मेलनमा बेलायतले आफ्नो वर्तमान नीति परिवर्तन नगरे ‘विनाशकारी परिणाम’ भोग्नुपर्ने चेतावनी दिनुभयो । उहाँले बेलायत नागरिक लक्षित ‘आतङ्कवाद’ मा संलग्न हुनबाट ‘एक कदम टाढा’ रहेको दाबी गर्दै बेलायती नेतालाई शत्रुतापूर्ण र आक्रामक नीति तत्काल त्याग्न आग्रह गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)