कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी
ratopati.com · Mon Jul 06 13:18:58 GMT 2026

काठमाडौं । कोशी प्रदेशको स्वास्थ्य सचिवको डा। किर्तिपाल सुवेदीले जिम्मेवारी पाएका छन । गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुवेदीले कोशी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी पाएका हुन् ।
केही समयअगाडि एघारौं तहमा बढुवा भएका सुवेदीलाई कोशी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको हो । डा. सुवेदी हाल राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा कार्यरत छन् । कोशीमा स्वास्थ्य सचिव रहेका डा यदुचन्द्र घिमिरेलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा फिर्ता बोलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)