नबिल बैंकको २० वर्षदेखिको निष्क्रिय खाता सक्रिय नबनाए रकम राष्ट्र बैंक कोषमा
baahrakhari.com · Mon Jul 06 13:23:04 GMT 2026

काठमाडौं । नबिल बैंकले विगत २० वर्षदेखि सञ्चालनमा नभई निष्क्रिय रहेका खाताहरूलाई सक्रिय गर्न सूचना जारी गरेको छ । बैंकले साविकको नेपाल बंगलादेश बैंक र युनाइटेड फाइनान्स लिमिटेडमा खाता खोली लामो समयदेखि कुनै कारोबार नगरेका ग्राहक वा उनीहरूका कानुनी हकवालाहरूलाई समेत बैंकमा सम्पर्क गर्न आग्रह गरेको हो ।
बैंकद्वारा जारी सूचनाअनुसार, यस्ता निष्किय खाताहरूलाई सक्रिय बनाउन वा नियमानुसार हकदावी गर्नका लागि यही असार २८ गतेभित्र नबिलमा सम्पर्क राखिसक्नु पर्नेछ । तोकिएको समयभित्र सम्पर्क नगरे, खाता सक्रिय नबनाएमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार अगाडि बढ्ने बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)