एकात्मक व्यवस्थाको मानसिकताकै कारण संघीयता कार्यान्वयनमा समस्या भइरहेकामा सांसद एकमत
nepalpress.com · Sun Jun 15 17:25:50 GMT 2025
काठमाडौं । संघीय सरकारको केन्द्रिकृत मानसिकताकै कारण संघीयता कार्यान्वयनमा समस्या भइरहेको संघीय संसदका सांसदले गुनासो गरेका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)ले आइतबार कानुन निर्माणमा संघीय संंसद, प्रदेश सभा र स्थानीय तहबीचको समन्वय र सहकार्य बारेमा सरोकारवालाबीच गरेको छलफल कार्यक्रममा सहभागी संघीय संसदका सांसदले यस्तो गुनासो गरेका हुन् ।
कर्णाली प्रदेश सरकारका पहिलो मुख्यमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले संघीयता स्वीकार्ने र नस्वीकार्नेको द्वन्द्वका कारण संघीयता कार्यान्वयनमा चुनौती देखिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)