भोटेकोशी बाढीः सल्यानका ५१ जना अझै बेपत्ता
gorkhapatraonline.com · Mon Sep 07 03:00:06 GMT 2026

रसुवा बाढीमा बेपत्ता भएका सल्यानका ५१ जना नागरिकको अवस्था अझै पत्ता नलागेपछि उनीहरूका नजिकका पारिवारिक सदस्यबाट डीएनए परीक्षणका लागि नमुना सङ्कलन थालिएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानको समन्वयमा आवश्यक प्रक्रिया पूरा गरी आइतबारदेखि जिल्ला अस्पतालमा नमुना सङ्कलन सुरु गरिएको हो।
बाढीपछि लामो समयसम्म बेपत्ता नागरिकको अवस्था पत्ता नलागेपछि सम्भावित शव तथा मानव अङ्गको पहिचानमा सहयोग पुगोस् भन्ने उद्देश्यले डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी दीपक पातलीले जानकारी दिनुभयो। सङ्कलित नमुना परीक्षणका लागि काठमाडौँपठाइने उहाँले बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)