पर्यटकको पर्खाइमा लोदेनको छोनासिङ पोखरी
nepallive.com · Mon Sep 07 03:02:59 GMT 2026

ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा रहेको आकर्षक छोनासिङ पोखरी पर्यटकको पर्खाइमा छ। लोदेन फाँटको हरियालीबिच अवस्थित अण्डाकार आकृतिको यो पोखरी यस क्षेत्रको प्रमुख पर्यटकीय सम्पदामध्ये एक हो।
ताप्लेजुङ हिमाल, पहाड, धार्मिक र साहसिक गन्तव्यका लागि चिनिएको जिल्ला हो। विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, धार्मिक आस्थाको प्रतीक पाथीभरा, बुकी फुलले भरिएका फाँट र प्राकृतिक पोखरीहरूले पर्यटकलाई लोभ्याउने गर्छन्। यिनै गन्तव्यहरूमध्ये लोदेन क्षेत्र पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक सम्भावनायुक्त स्थल हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)