'विदेशमा फोटो-भिडिओ मन परे किनेर राख्छन्, तर नेपालमा क्रेडिट दिएर राख्दा पुगिहाल्छ भन्ने ठान्छन्'
techpana.com · Mon Jun 15 03:55:57 GMT 2026

काठमाडौँ । शनिबार बिहान प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले अपि हिमालको बेसक्याम्पमा क्रिकेट खेलिरहेको भिडिओ शेयर गरे । जसको पृष्ठभूमिमा उनी आफैँले गाएको ‘जय महाकाली’ गीत थियो भने क्याप्सनमा ‘अपि हिमाल, बेस क्याम्प दार्चुला’ लेखेका थिए ।
यो सामग्री तयार पार्दासम्म उक्त भिडिओ फेसबुकमा मात्र ७८ लाख भन्दा धेरै पटक हेरिएको छ । उनले सोही भिडिओ इन्स्टाग्राम र टिकटकमा पनि राखेका छन्, जहाँ क्रमशः २२ लाख र ३० लाखभन्दा धेरैले हेरेका छन् । बालेनले यो भिडिओ राखेपछि सामाजिक सञ्जालमा अन्य प्रयोगकर्ताहरूले समेत उक्त भिडिओ, त्यसबाट निकालिएका फोटोहरू शेयर गरिरहेका छन् । यही सन्दर्भलाई पारेर विभिन्न सामाजिक सञ्जाल पेज तथा मिडियाहरूले समेत कभरेजको विषय बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)