दाङका ५४ जना अझै सम्पर्कविहीन, पीडा र आशामा परिवार
gorkhapatraonline.com · Mon Sep 07 03:22:50 GMT 2026

लमही नगरपालिका–३, वनगाउँ निवासी ३० वर्षीय शम्भुजित चौधरी रसुवाको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको ड्याम साइट–२१६ मा विद्युतीय कामदारका रूपमा कार्यरत हुनुहुन्थ्यो। रसुवामै विगत चार–पाँच वर्षदेखि काम गर्दै आउनुभएका शम्भुजित अपर त्रिशूली–१ मा काम गर्न गत फागुन ५ गते घरबाट जानुभएको थियो।
कामसँगै परिवारको नियमित सम्पर्कमा रहेका शम्भुजितले भदौ ९ गते साँझ श्रीमतीसँग फोनमा कुराकानी गर्नुभएको थियो। भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनुभएका शम्भुजितको अहिलेसम्म कुनै खबर प्राप्त हुन नसकेको उहाँका बुबा तुलसीप्रसाद चौधरी बताउनुहुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)