काठमाडौँ महानगरले सङ्ग्रहालय विकास समितिलाई बुझाएन बढेको शुल्क
himalpress.com · Fri May 22 08:05:16 GMT 2026

काठमाडौँ- विदेशी पर्यटक हनुमानढोका दरबार सङ्ग्रहालय प्रवेश गरेबापत लिइने शुल्कमा वृद्धि भए पनि काठमाडौँ महानगरपालिकाले सङ्ग्रहालय विकास समितिलाई बढेको शुल्क बुझाएको छैन।
आर्थिक वर्ष २०८०/२०८१ देखि विदेशी पर्यटक हनुमानढोका दरबार सङ्ग्रहालय प्रवेश गरेबापतको शुल्क बढाइएको थियो। आर्थिक वर्ष २०८०/२०८१ अघि सार्क राष्ट्रका पर्यटकलाई रु १५० र अन्य देशका पर्यटकलाई रु ७५० पर्यटक शुल्क लिने गरिएकामा अहिले सार्क राष्ट्रका पर्यटकसँग रु ५०० र अन्य देशका पर्यटकसँग रु एक हजार शुल्क लिने गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)