आफू खुसी डाक्टर लेख्नेलाई तीन वर्ष कैद, दर्ता नभएकालाई १५ दिनभित्र हटाउन निर्देशन
annapurnapost.com · Fri May 22 07:50:55 GMT 2026

काठमाडौं : नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका व्यक्तिले नामअगाडि ‘डाक्टर’ (Dr.) उपाधि प्रयोग गरी चिकित्सा सेवा,परामर्श वा औषधि सिफारिस गरे कानुनी कारबाही गरिने जनाएको हो। काउन्सिलले एक विज्ञप्ति जारी गर्दै मेडिकल काउन्सिल र सम्बन्धित परिषद्मा कानुनीरुपमा दर्ता नभइ नामको अगाडि डाक्टर वा चिकित्सक लेख्ने व्यक्तिलाई कारबाही गर्ने जनाएको छ।
नेपाल मेडिकल काउन्सिल ऐन,२०२० अनुसार मान्यता प्राप्त संस्थाबाट आधुनिक चिकित्साशास्त्रमा अध्ययन पूरा गरी काउन्सिलमा दर्ता भएका व्यक्तिलाई मात्रै चिकित्सक मानिने उल्लेख छ। विशेषज्ञ चिकित्सकका हकमा सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि तथा तालिम आवश्यक पर्ने व्यवस्था पनि ऐनमा रहेको काउन्सिलले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)