पोस्टरमा ‘बेहुली’: पारसको हातमा हतकडी, बेहुलीको भेषमा दिव्या
kalakarmi.com · Mon Jul 06 14:05:17 GMT 2026

काठमाडौं– नयाँ नेपाली फिल्म ‘बेहुली’ आगामी हरितालिका तीजको अवसर पारेर भदौ २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । द डिभाइन म्युजिक तथा सम्मान इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो बहुप्रतीक्षित फिल्मको काठमाडौंमा एक विशेष समारोहबीच औपचारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो ।
सार्वजनिक पोस्टरले निकै गहिरो तथा विद्रोही प्रेम कथाको झल्को दिन्छ । पोस्टरमा अभिनेता पारस बम ठकुरी (कुल ब्वाइ) को अनुहारमा गम्भीर भाव र सामान्य चोट देखिन्छ भने उनको नाडीमा हतकडी झुन्डिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)